अस्ट्रेलियन नेपलिज जर्नलिस्ट एसोसिएसन (ANJA) को आयोजनामा डार्विनमा कम्युनिटी कन्सल्टेसन तथा बडादसैँको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
आइतबार, १८ अक्टोबर २०२६ मा डार्विनस्थित जिङ्गिली पार्कमा आयोजित कार्यक्रममा स्थानीय नेपाली समुदायका सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधि, सामाजिक अगुवा तथा पत्रकारहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा डार्विनमा बसोबास गर्ने नेपाली समुदाय र पत्रकारबीच आपसी चिनजान, संवाद तथा सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल गरिएको थियो। साथै, समुदायका विचार, आवश्यकता र चासोहरू आदानप्रदान गर्दै आगामी दिनमा समुदाय र सञ्चारकर्मीबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्य राखिएको थियो। बडादसैँको अवसरमा शुभकामना आदानप्रदान गर्दै नेपाली समुदायबीच एकता, सद्भाव र आत्मीयता बढाउने लक्ष्यसमेत कार्यक्रमले लिएको थियो।
कार्यक्रममा NRNA–NT का संयोजक त्रिलोचन सापकोटा, NANT का अध्यक्ष भवानी पौडेल, Social Welfare Committee का अध्यक्ष बाबुराम भट्टराई, Darwin Hearts Football Club का अध्यक्ष फिरोज राना तथा NRNA NCC का सदस्य पुष्कर अधिकारीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी, NRNA–NT तथा NANT का पूर्वअध्यक्षहरू विष्णु चापागाईं, सञ्जीव ढकाल, सुदीप श्रेष्ठ, निरज गुरुङ र प्रतिभा देवकोटालगायतको सहभागिता रहेको थियो। विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सामाजिक अगुवाहरूको उपस्थितिले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको छ। कार्यक्रममा NRNA–NT का संयोजक त्रिलोचन सापकोटा, NANT का अध्यक्ष भवानी पौडेल, Social Welfare Committee का अध्यक्ष बाबुराम भट्टराई, Darwin Hearts Football Club का अध्यक्ष फिरोज राना तथा NRNA NCC का सदस्य पुष्कर अधिकारीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी, NRNA–NT तथा NANT का पूर्वअध्यक्षहरू विष्णु चापागाईं, सञ्जीव ढकाल, सुदीप श्रेष्ठ, निरज गुरुङ र प्रतिभा देवकोटालगायतको सहभागिता रहेको थियो। विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सामाजिक अगुवाहरूको उपस्थितिले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको थियो। कार्यक्रममा अनलाइनमार्फत जोडिएर साथ, समर्थन र हौसला प्रदान गर्ने ANJA का अध्यक्ष कृष्ण तिवारी, संस्थापक अध्यक्ष हेमन्त काफ्ले, संरक्षक चिरञ्जीवी देवकोटा तथा सल्लाहकार डा. राजु मानन्धरलगायतप्रति पनि विशेष आभार व्यक्त गरिएको छ। कार्यक्रममा सहभागी सम्पूर्ण अभिभावक, डार्विनवासी नेपाली दाजुभाइ तथा दिदीबहिनी, समुदायका अगुवा, सहयोगी संस्था, स्वयंसेवक र प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति ANJA ले धन्यवाद व्यक्त गरेको छ।
ANJA ले आगामी दिनमा पनि नेपाली समुदायका आवाज, विचार, आवश्यकता र सरोकारलाई प्राथमिकतामा राख्दै समुदाय र सञ्चारकर्मीबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, यस्ता कार्यक्रममार्फत समुदायबीच संवाद, सहकार्य र आपसी समझदारीलाई निरन्तर प्रोत्साहन गर्ने जनाएको छ।
ANJA
