अष्ट्रेलियामा सक्रिय नेपाली पत्रकारहरुको साझा संस्था एन्जाले नयाँ सदस्यताका लागि आजकै मितिबाट आवेदन खुल्ला गरेको छ । योग्यता पुगेका इच्छुक पत्रकारले २०२२ अक्टोबर २८ तारिख शुक्रबार राति १२ बजे भित्र तोकिएको दस्तुर बुझाई आवेदन दिन आव्हान गरिएको छ ।
एन्जाको सदस्य बन्न आवश्यक योग्यता र मापदण्ड तथा दस्तुर बारेको विवरण गुगल फारममा उल्लेख छ । गुगल फारममा उल्लेख विवरण स्पष्टसंग पढेर आवेदन भर्नुहुन समेत सबैमा अनुरोध गरिन्छ । मापदण्ड पुरा गरि प्राप्त आवेदनमा संस्थाले नियम अनुसार कारवार्ही गरि सदस्यता वितरण गर्नेछ ।
त्यस्तै एन्जाको आगामी अधिवेशन तास्मानियाको होबार्टमा सन् २०२२ नोभेम्बर ४ र ५ तारिखका दिन हुने समेत यहि सुचना मार्फत सबैमा जानकारी गराइन्छ । संस्थाका सबै जिम्मेवार सदस्य तथा अब बन्ने नयाँ सदस्य सबैलाई आगामी अधिवेशनमा सक्रिय सहभागी हुनका लागि अनुरोध सहित यो सुचना जारी गरिएको छ ।

गुगल फारम यहाँ छ