×
अष्ट्रेलियन नेपलिज जर्नलिष्ट एशोसियसन (एन्जा)Australian Nepalese Journalist Association - ANJA

About Us

अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसियसन (एन्जा)
Australian Nepalese Journalist Association -ANJA

अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसियसन एन्जा अष्ट्रेलियामा कार्यरत नेपाली पत्रकारहरुको साझा संगठन हो । एन्जाले नेपाल पत्रकार महासंघसंग व्यवसायिक हकहितका सन्दर्भमा सहकार्य गर्दछ । सन् २०१९ नोभेम्बर ४ तारिखमा विधिवत रुपमा एन्जाको स्थापना भएको हो । यद्धपी, विगत लामो समयदेखि अष्ट्रेलियामा सक्रिय नेपाली पत्रकारहरु संगठित हुने प्रयास भने नभएको होइन । तर, विविध कारणले त्यस्तो प्रयासहरु सफल हुन सकेन ।

अष्ट्रेलियामा दर्ता भएको एन्जा नै नेपाली पत्रकारहरुको पहिलो साझा संगठन हो । सिड्नीमा अनौपचारिक रुपमा भेला गरेर नेपाली पत्रकारहरुले एन्जा गठनको प्रयास सुरु गरेका थिए । ५ जनवरी २०१९ मा सिड्नीको अर्बनमा हेमन्त काफ्लेको नेतृत्वमा एन्जाको १५ सदस्यीय तदर्थ समिति गठन भएको थियो । त्यसको ३ दिन पछि ८ जनवरीमा सिड्नीको रकडेलमा तदर्थ समितिले समुदायसंग छलफल र अन्तरक्रिया गरि एन्जा गठनको औपचारिक जानकारी गराएको थियो । अष्ट्रेलिया भ्रमणमा रहेका नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट कार्यक्रमको अतिथी हुनुहुन्थ्यो ।

त्यसको एक वर्षपछि साउथ अष्ट्रेलियाको एडिलेडमा एन्जाको पहिलो महाधिवेशन भएको थियो । जसबाट हेमन्त काफ्लेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन भएको हो । एन्जाले पत्रकारहरुको हकहितमा काम गर्ने मात्र होइन कि आवश्यक तालिमको व्यवस्था गर्ने तथा पेशागत मर्यादा र आचारसंहिता पालनामा समेत वस्तुनिष्ठ भएर काम गर्दै आइरहेको छ ।

design & developed by InDesign Media